शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले आफैँ समाप्त भएर जान्छ : माधव नेपाल

शनिबार, १६ भदौ २०८०, १९ : ३९
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरेका हुन् ।

पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे  । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरूले सङ्गठन निर्माणको कामलाई तीव्रता दिएको समेत बताए ।

‘कसै कसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन्’ अध्यक्ष नेपालले भने, ‘हावा खाइरहेका छन् । तपाईँहरू देखिरहनुभएको छ—सिङै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ । सङ्गठन निर्माणको अभियानमा जुटेको छ ।’ 

अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरूलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप