सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित
शनिबार, १६ भदौ २०८०, २२ : २७
काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको आज सम्पन्न २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष ओलीले ९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याएका छन् । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भएका छन् । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलिया र कोषाध्यमा अच्युत पुरी निर्वाचित भएका छन् ।
सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन् । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण