महानायक राजेश हमाल लन्डनमा
लन्डन । महानायक राजेश हमाल शनिबार राति लन्डन आइपुगेका छन् । करिब एक महिनाको लागि बेलायत आएका हमालले बेलायतका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने र उनीहरूका कथा व्यथालाई नियाल्ने छन् ।
बेलायतमा रहँदा उनी विभिन्न स्थानमा योजना गरिने च्यारिटी कार्यक्रममा सहभागी हुनेछन् । सेप्टेम्बर ४ को साँझ हमालको सहभागितामा लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेस्टुरेन्टमा ‘ब्ल्याक टाई गाला डिनर’ हुँदै छ । हेल्प नेपाल नेटवर्क युकेको आयोजनामा हुने कार्यक्रमबाट सङ्कलन हुने कोष हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृहलाई सहयोग गरिनेछ ।
त्यस्तै, सेप्टेम्बर ९ को साँझ लन्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा तय ‘मिट एन्ड ग्रिट विथ महानायक’ मा हमालले भाग लिनेछन्। त्यसबाहेक उनले मिडल्यान्ड र स्कटल्यान्डसम्म पुगेर पनि स्थानीय नेपालीहरू भेट्ने कार्यक्रमको तयारी भइरहेको छ ।
बेलायत बसाइपछि उनी युरोपका विभिन्न मुलुकको भ्रमणमा जाने छन् । विदेशमा रहेका नेपालीहरूको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र युरोपका विभिन्न देशहरूको भ्रमण गर्न लागेका हुन् ।
महानायक हमालले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरूको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको भन्दै उनीहरूको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् । त्यति मात्रै नभएर उनीहरूसँग भएको अनुभव र दक्षतालाई नेपालसँग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण