दुर्घटना
काठमाडौँको छाप्रोमा बसले अन्य ३ सवारी साधनलाई ठक्कर दियो, १ जनाको मृत्यु
आइतबार, १७ भदौ २०८०, ०९ : ३९
काठमाडौँ । काठमाडौँको जडीबुटी नजिकै छाप्रोमा दुर्घटना भएको छ । जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई छन् । भट्टराई बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन् ।
बिहान साढे ५ बजे भएको दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।
बा.३ ख ४८४८ नम्बरको यात्रुबाहक बसले बा.६ च ५३४२ नम्बरको पिकअप, मोटरसाइकल र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण