नाट्यकर्मी महासङ्घमा नयाँ नेतृत्व
काठमाडौँ । मुलुकभर रहेका रङ्गकर्मीहरूको पेसागत सङ्गठन नाट्यकर्मी महासङ्घ नेपालमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार काठमाडौँमा सम्पन्न दोश्रो महाधिवेशनले राजेन्द्र रिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
११ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्षमा प्रवीण पुमा, महासचिवमा जेवी डिसी, सचिवमा दीपक निरौला, कोषाध्यक्षमा मञ्जु गिरी र सदस्यहरुमा पुरु लम्साल, दीपक आचार्य, राम केएसी, पुष्पराज अवस्थी र शुसिला लक्ष्मी महर्जन छानिएका छन् ।
२०६५ साल श्रावणमा दर्ता भएको नाट्यकर्मीहरूको महासङ्घ भूकम्प, कोभिड लगायत जस्ता समस्याले राष्ट्रिय अधिवेशन हुन सकेको थिएन । शनिबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा महाधिवेशन हो ।
कार्यक्रममा उपप्रमुख डङ्गोलले महानगरले कला संस्कृति र सम्पदा जोगाउनका लागि नीति तथा कार्यक्रम मार्फत नै सम्बोधन गरेको बताइन् । उनले नेपाली नाट्य क्षेत्रले सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महानगरपालिकाले नाट्यकर्मीहरू लक्षित गरेर नै विभिन्न योजना ल्याएको जानकारी दिइन् ।
कार्यक्रममा चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्रको आधार नै रङ्गमञ्च भएको र नाट्यकर्मीहरू नै नेपाली चलचित्र क्षेत्रका स्थापित भएको चर्चा गरे ।
कार्यक्रममा संस्थाको संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थापन भण्डारीले नेपाली रङ्गकर्मीहरूलाई राज्यले सम्बोधन र पहिचान नदिएकाले २०६५ सालमा देशभर रहेका नाट्यकर्मीहरूको हक हित र सुरक्षाका लागि महासङ्घको स्थापना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण