नाइजेरियाले सबै देशबाट राजदूत फिर्ता बोलायो
अबुजा । पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।
न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय निकायमा स्थायी प्रतिनिधिका रुपमा खटिएकाहरूलाई भने तत्काल फिर्ता नबोलाउन राष्ट्रपतिले निर्देशन दिएको उनका प्रवक्ता अजुरी एनगेलेले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको आसन्न ७८ औँ महासभालाई दृष्टिगत गरी जेनेभा र न्युयोर्कमा रहेका स्थायी प्रतिनिधिलाई फिर्ता नबोलाइएको उनले स्पष्ट गरेका छन् ।
विदेशमा रहेका नाइजेरियाली वाणिज्य दूतावास कार्यालय र दूतावासको अवस्थाको अनुसन्धानपछि राष्ट्रपतिको यो आदेश आएको हो । नाइजेरियका कूटनीतिक नियोगहरूबाट विश्वस्तरीय दक्षता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रपति टिनुबुले राजदूत फिर्ता बोलाउन निर्देशन दिएको प्रवक्ता एनगेलेले स्पष्ट गरेका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण