आज ४ जना सरकारी वकिलले बहस गर्दै
काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबार चारजना सरकारी वकिलले बहस गर्दै छन् । सरकारको तर्फबाट ४ जनाले बहस गर्न लागेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चारजनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले रातोपाटीलाई बताए ।
आइतबार चार जनाले आफ्ने बहस गरेका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको ईजलासमा आइतबार सहायक जिल्ला न्यायाधीवक्ता चन्द्र संजेल, दिनेश भट्टराई, जिल्ला न्यायधीवक्ता महेश प्रसाद खत्री र उप–न्यायाधीवक्ता रमेश भट्टराईले बहस गरेका थिए ।
लिखत किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको मुद्दामा सरकार पक्षको बहस सकिएपछि सोमबार नै प्रतिवादीको तर्फबाट बहस शुरु हुनेछ । न्यायाधीश ढकालले प्रतिवादीहरुलाई पनि बहसको लागी तयार हुन भनेका छन् । सरकार पक्षको बहस सकिएपछि प्रतिवादी शिवजी भट्टराईको तर्फबाट बहस शुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण