गोताखोरको सङ्ख्या थप्दै सशस्त्र प्रहरी
काठमाडौँ । पानीमुनिको गहिराइमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो ।
बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र सहकार्यमा गोताखोर तालिम सञ्चालनमा ल्याइएको जनाएको छ । बाहिनीले कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा.दीपक काफ्लेको उपस्थितिमा तालिम सुरुवात तथा पहिलो सत्र प्रथम प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
कोशी प्रदेशमा विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरूको खोजीमा परिचालित हुने गोताखोरको सङ्ख्या ६ जना मात्रै छ । सोही सङ्ख्यालाई बढाउन तालिमको आयोजना गरिएको बराह बाहिनी पकलीले जनाएको छ । तालिम पश्चात् तयार हुने दक्ष जनशक्ति आवश्यकताका आधारमा विभिन्न स्थानमा खटिने भएकाले प्रदेशमा खोज तथा उद्धारको कार्य छिटो र छरितो तवरले सम्पादन हुने बराह बाहिनीको विश्वास छ ।
कार्यक्रमलाई सम्बोधनका क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन दक्ष, साहसिक, समर्पित र व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको बताए ।
पोखरेलले नेपालमा घट्ने विभिन्न जटिल घटनाहरूमा खोज तथा उद्धार गर्नुपर्ने आवश्यकतालाई पूरा गर्नका लागि विपद् प्रतिकार्य योजना अभिवृद्धि गर्ने कार्य अनुरूप प्रत्येक प्रदेशमा एक गोताखोर टिम उत्पादन गर्ने संगठनको नीति रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण