नेपालको सपना आज पूरा हुँदैछ : प्रशिक्षक देसाई
काठमाडौँ । प्रशिक्षक मोन्टी देसाईले यसअघिको नेपाली क्रिकेटको पुस्ताले आफ्नो टोलीले ठुला टेस्ट खेल्न राष्ट्रसँग खेल्ने सपना देखेको बताउँदै अहिले सपना पुरा भएको बताएका छन् । भारतविरुद्धको खेलअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले टोलीले आफ्नो पहिचान स्थापित गर्न प्राप्त अवसर गरेकोमा आफ्नो शक्तिको पूर्ण प्रयोग गर्ने बताएका हुन् ।
नेपालले सोमबार एसिया कपअन्तरगत क्यान्डीमा हुने खेलमा भारतको सामना गर्दैछ । समूह ए बाट पाकिस्तान यसअघि अघि नै सुपर फोरमा छनोट भइसकेको छ । नेपाललाई हराएमा वा खेल वर्षले रद्द भएमा भारत स्वतः अर्को चरणमा प्रवेश गर्ने छ ।
‘हामीले लिग २ तथा एसियन छनोटका खेलहरू खेल्यौँ,’ उनले भने, ‘भारतविरुद्ध हामी हाम्रो शक्ति लगाउनेछौँ ।’ रोहित शर्मा र विराट कोहलीजस्ता भारतीय सुपरस्टार भेट्न पाउँदा नेपाली खेलाडीहरू हर्षित भएको बताउँदै मैदानमा भने प्रतिस्पर्धा नै हुने बताए ।
नेपाली अलराउन्डर गुल्सन झाले भारतजस्ता ठुला टोलीबाट नेपालले सिक्ने अवसर पाउने बताएका छन् । ‘भारत ठुलो टोली हो । हरेक विकेट हाम्रोलागि अमूल्य हुनेछ । हामी कडा प्रतिस्पर्धा दिन्छौँ । तर, यो पल भनेको ‘फ्यानब्वाई’ जस्तै हो ।
अर्का अलराउन्डर आरिफ शेखको आँखा विराट कोहलीलाई आउट गर्नेमा रहेछ । ‘हाम्रो लागि सोमबार ठुलो खेल छ । हामी फ्यानब्वाई भए पनि मैदानमा हामी कडा चुनौती दिने छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण