स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान
सोमबार, १८ भदौ २०८०, १३ : १७

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन् । भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गर्नुभएको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए ।
उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन् ।
मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन
-
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
-
उपरथी अशोक सिग्देलको ‘जन्ममिति विवाद’ छानबिन गर्न रक्षालाई अख्तियारको पत्र
-
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
-
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
-
राजस्व हिनामिना प्रकरण : फरार यातायातका पाँच जना पूर्वकर्मचारी पक्राउ