पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौँ : सभापति यादव
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् ।
उनले पर्यटनमन्त्री किराँतीमा केही काम गरौँ भन्ने जोस जाँगर देखिएको बताए । उहाँले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए ।
उनले भने, ‘पर्यटन क्षेत्रमा काम गर्ने केही हर्डलहरु रहेको कुरा छ भन्ने कुरा मन्त्रीले इमानदारीपूर्वक भन्नुभएको छ । मन्त्रीले देशको लागि केही गर्छु भनेर इमानदारी प्रयास र पहलकदमी गर्नुभयो भने समितिले पोलिसी डिपार्चरतिर जानुपर्यो भने, नयाँ समय, नयाँ सन्दर्भ र नयाँ ढङ्गले अगाडि बढ्न खोज्यो देशको हितमा छ भने समिति सामूहिक पहलकदमी गर्न तयार छ । यहाँले जोस जाँगरका साथ काम गर्नुस् । मन्त्रीलाई राम्रो कामको लागि साथ पनि छ । साथ पाउनुहुन्छ । तर कहीँ दायाँ बायाँ भयो भने त्यहाँ हामी नियमन र नियन्त्रण पनि गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण