प्रभावकारी बन्दै हेलो सरकार, कसरी गुनासो गर्ने ?
काठमाडौँ । आइतबारदेखि तीन सिफ्ट गरी २४ सै घण्टा सञ्चालनमा आएको हेलो सरकारले द्रुत गतिमा नागरिकका गुनासो सम्बोधन गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको गुनासो सुनेका थिए । उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि क्षेत्रमा खटिएको सचिव पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार ढुंगो निकै ठूलो बस्तीमा असर नपर्ने गरी हटाउने कार्य भइरहेको छ ।
जनगुनासो सम्बोधन गर्न २०६८ कात्तिक १७ गते हेलो सकार कक्ष स्थापना भएको थियो । विभिन्न चरणमा पोर्टल सुधार, गुनासो ट्रयाकिङ गरिँदै आएको हेलो सरकारले १२ वर्ष पुरा गरेको छ । भूकम्पपछि टहरोबाट दुई सिफ्टमा सञ्चालन भएको थियो । तर द्रुत गतिमा जन गुनासो सम्बोधन गर्न सरकारले २४ सै घण्टा सञ्चालनमा ल्याएको हो । पोर्टल विकास, मन्त्रालय र केन्द्रीय निकायका नोडल अधिकृत तोकिएको छ ।
सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सुशासन नियमावली २०६५ नियम २० को व्यवस्था गरिएको छ । केही नियम परिमार्जन गरी सरकारले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०८० जारी गरेको छ ।
पछिल्लो समय आम नागरिकबीच लोकप्रिय बन्दै गएको हेलो सरकारमा आएका गुनासो द्रुत गतिमा सम्बोधन गर्नका लागि थप सुविधा ल्याएको छ ।
यस्तो छ गुनासो गर्ने तरिका र कार्यान्वयनका प्रक्रियाहरू:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण