जनकनन्दिनी गाउँपालिकाले सोमपाललाई पनि पुरस्कार दिने
सोमबार, १८ भदौ २०८०, २० : ३२
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाले सोमपाल कामीलाई पनि पुरस्कार दिने भएको छ । सोमबार एसिया कपमा भारतविरुद्ध अर्धशतक पूरा गर्ने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको गाउँपालिकाले सोमपाललाई पनि पुरस्कार दिने भएको हो ।
सोमपाल ४८ रनमा आउट भएका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले ४८ रन बनाएका सोमपाललाई पनि पुरस्कार दिने जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार अर्धशतक पूरा गर्न २ रन मात्रै कम ल्याएका सोमपाललाई गाउँपालिकाको तर्फबाट २५ हजार पुरस्कार दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण