वरिष्ठ अधिवक्ताको बहस : किर्ते मुद्दाको हदम्याद अथाह हुँदैन
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा ‘लिखत किर्ते’ मुद्दाको हदम्यादबारे प्रतिवादीका कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता यदुनाथ खनालले हदम्याद अथाह नरहने जिकिर गरे । इजलासमा उनले भने– ‘अथाह हदम्याद रहँदैन, विद्यायिकाको मनसाय अथाह हदम्याद भन्ने होइन, हुन सक्दैन ।’
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुलुकी ऐन–२०२० अनुसार असिमित हदम्याद भएको भन्दै लिखित किर्ते मुद्दा दायर गरेको थियो । त्यसबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान शुरु गरेदेखि नै प्रश्न उठ्दै आएको छ ।
पूर्व सहसचिव रुद्रकुमार श्रेष्ठको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता खनालले एउटै कसुरमा एकपटक भन्दा बढी मुद्दा चलाउन नमिल्ने बताए । २०७६ मा अख्तियारले बालुवाटार जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा दर्ता गरेको उल्लेख गर्दै खनालले भने–‘विशेष अदालतमा मुद्दा चलेकोे कुरा सरकारले थाहा पाएन ?’
अख्तियारले राष्ट्रसेवक हुँदा भ्रष्टाचार गरेको कसुरमा ललिता निवासको जग्गा हिनामिना गर्नेहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण