आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ कृषि कम्पनीद्वारा ५ वटा कृषि संरचनाहरूको उद्घाटन

मङ्गलबार, १९ भदौ २०८०, १० : ३२
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विभिन्न ५ वटा कृषि संरचनाहरूको उद्घाटन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालको प्रमुख आतिथ्यता भदौ १७ गते आयोजित कार्यक्रमका बीच  संरचनाको उद्घाटन गरिएको हो । 

कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरूलाई देशव्यापी रूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले ५ वटा कृषि संरचनाहरूको डिजिटल रूपमा समुद्घाटन गरिएको जनाइएको छ । 

जसमा इटहरी, बर्दिबास, काठमाडौँ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित प्रादेशिक कार्यालयहरू,  स्याङ्जा र चितवनमा अवस्थित फार्म उत्कृष्टता केन्द्र,  कृषिमा लगानी प्रवर्द्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र,  कृषकहरूलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र  आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एप रहेका छन् ।  

कार्यक्रममा अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरूको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए । 

 संयुक्त राष्ट्र सङ्घ, विश्व खाद्य सङ्गठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसँग कोदोजन्य बाली वर्ष २०२३ लाई प्रवर्द्धन गर्न सहकार्यको सुरुवात गरेको बताए । उनले आगामी दिनमा कूटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

Group

 त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य शृङ्खला व्यवस्थापनमा गरिरहेका कार्यहरू र कम्पनीका स्पष्ट भावी योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक निजी साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले सोह्रो पञ्चवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक निजी सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए । 

यस्तै मन्त्री वेदुराम भुसालले कृषि क्षेत्रको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताउँदै कृषकहरूको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाइ लगायत कृषि संरचनाहरूको विकासमा जोड दिने र खरिद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सबै मिलेर लाग्नुपर्ने बताए । 

कार्यक्रममा, कृषि क्षेत्रको प्रमुख समस्याहरू, कम्पनीको गतिविधिहरू, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावी सम्भावनाहरूको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुत गरेको कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप