एमाले लुम्बिनी अधिवेशनमा नौ सय मत खस्यो
मङ्गलबार, १९ भदौ २०८०, १४ : ३७
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा नौ सय मत खसेको छ ।
मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान २ सम्म नौ सय मत खसेको हो । अधिवेशनमा एक हजार ४ जना मतदाता रहेका छन् । मतदान सम्पन्न हुन अब करिब आधा घण्टा लाग्ने निर्वाचन मण्डलका सदस्य विष्णुप्रसाद खनालले जानकारी दिए ।
मतदान सकिएपछि मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा छन् । लुम्बिनीका १२ मध्ये ८ जिल्लाका लागि सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण