मीनबहादुर गुरुङको तर्फबाट ७ जना कानुन व्यवसायीले गरे थुनछेक बहस
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना मुद्दामा मंगलबार दुईजना प्रतिवादीको तर्फबाट थुनछेक बहस भएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा पूर्व सह–सचिव कलाधर देउजा र भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका संचालक मीनबहादुर गुरुङको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।
डिल्लीबजार मालपोतका तत्कालिन प्रमुख देउजाको तर्फबाट ४ जना र गुरुङको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरे । कलाधर देउजाको तर्फका वकिलहरुले बहस पुरा गरेका छन् । गुरुङ पक्षका कानुन व्यवसायीको बहस जारी छ ।
देउजाको पक्षबाट अधिवक्ता सविना शाक्य, केदार गुरागाईं, वरिष्ठ अधिवक्ताहरु हर्क भट्टराई र बाबुराम गिरीले बहस गरे ।
मीनबहादुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, शम्भु थापा, शरद कोइराला, कोमल प्रकाश घिमिरे, अधिवक्ता मणि आचार्य, ललित बस्नेत र शम्भु पोखरेलले बहस गरेका छन् । । गुरुङ पक्षका कानुन व्यवसायीको बहस जारी छ ।
ललिता निवास प्रकरणमा अहिलेसम्म ४ जना प्रतिवादीको तर्फबाट थुनछेक बहस सकिएको छ । सो मुद्दामा १८ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण