भ्रष्टाचार मुद्दामा धरौटी बुझाएर रिहा भए पालिका अध्यक्ष, लेखापाल र एमआईएस अपरेटर
जनकपुरधाम । भ्रष्टाचार मुद्दामा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष, लेखापाल र एमआईएस अपरेटर धरौटी बुझाएर रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । अख्तियारकै नियन्त्रणमा रहेका गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादव धरौटीमा रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीमान्त पौडेल र सदस्य न्यायाधीश शालिग्राम कोइरालाको संयुक्त इजलासले अध्यक्ष यादवलाई दुई लाख र लेखापाल तथा एमआईएस अपरेटरलाई जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गत साउन ३१ गते लेखापाल र एमआईस अपरेटरलाई सोलार जडान सम्बन्धी योजनामा घुसबापत २ लाख नगद र ३ लाख रुपैयाँको चेक लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीको टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण