भ्रष्टाचार मुद्दामा धरौटी बुझाएर रिहा भए पालिका अध्यक्ष, लेखापाल र एमआईएस अपरेटर

जनकपुरधाम । भ्रष्टाचार मुद्दामा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष, लेखापाल र एमआईएस अपरेटर धरौटी बुझाएर रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । अख्तियारकै नियन्त्रणमा रहेका गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादव धरौटीमा रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीमान्त पौडेल र सदस्य न्यायाधीश शालिग्राम कोइरालाको संयुक्त इजलासले अध्यक्ष यादवलाई दुई लाख र लेखापाल तथा एमआईएस अपरेटरलाई जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गत साउन ३१ गते लेखापाल र एमआईस अपरेटरलाई सोलार जडान सम्बन्धी योजनामा घुसबापत २ लाख नगद र ३ लाख रुपैयाँको चेक लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीको टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित