मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महाकाली पारीको अस्पतालमा डा. गोविन्द केसीको निःशुल्क स्वास्थ्य सेवा

मङ्गलबार, १९ भदौ २०८०, २२ : १८
मङ्गलबार, १९ भदौ २०८०

धनगढी । डाक्टर गोविन्द केसीले कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको दोधारा चाँदनी नगरपालिकामा ३ दिनसम्म निःशुल्क स्वास्थ्य सेवा दिएका छन् ।

डाक्टर केसीले आइतबारदेखि मंगलबारसम्म दोधारा–चाँदनी अस्पतालले आयोजना गरेको ३ दिने स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा दिएका हुन् ।

दोधारा–चाँदनी नगरपालिका—६ का वडाध्यक्ष एवं नगर अस्पतालका अध्यक्ष ओम बस्नेतका अनुसार अर्थोपेडिक सर्जन हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ समेत रहेका केसीले निःशुल्क उपचार र परामर्श सेवा दिएका हुन् । केसीले दिएको निःशुल्क स्वास्थ्य सेवाबाट शिविरमा सयौँ स्थानीय लाभान्वित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

डाक्टर केसीले बिरामीलाई निःशुल्क चेकजाँच तथा परामर्श दिने र गरिब विपन्नलाई आफैले ल्याएको औषधि समेत निःशुल्क प्रदान गरिरहेका छन् । उनले विशेष गरी दीर्घकालीन हाडजोर्नि तथा नसा सम्बन्धी समस्या भएका बिरामीलाई परामर्श तथा औषधी वितरण गरिरहेका हुन् । दोधारा चाँदनी अस्पतालमा डा.गोविन्द केसीले ३ दिनमा ५९८ जना बिरामीहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिएको दोधारा चाँदनी अस्पतालले जनाएको छ ।

यसैबीच डाक्टर केसीले आफूले बारम्बार मेडिकल माफियाका विरुद्ध पटक–पटक सत्याग्रह गर्दा समेत सरकारले चासो नदेखाएको भन्दै भाद्र २९ गतेदेखि मेडिकल माफियाविरुद्ध सत्याग्रह गर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप