बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम

बुधबार, २० भदौ २०८०, २३ : ०४
बुधबार, २० भदौ २०८०

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् ।

नेता गौतमले जनयुद्धकालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घर घरमा पुगेर माफी नमागेसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे । राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको गौतमको  जिकिर छ ।

नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी पनि गरे । उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नै पर्ने गौतमको भनाइ छ ।  ‘हामी नेपालका सबै कम्युनिस्टहरू एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु’, गौतमले भने, ‘तर म माओवादी केन्द्रमा जान सक्दिन ।’

नेता गौतमले जनयुद्ध कालमा केही राम्रा काम भए पनि अत्यन्त नराम्रा काम समेत भएको बताए । ‘जनयुद्धमा राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घर घरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप