शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मुद्दाका कैदी दोस्रो पटक फरार

बुधबार, २० भदौ २०८०, १९ : २८
बुधबार, २० भदौ २०८०

काठमाडौँ । ज्यान मुद्दामा कैद सजाय हुने फैसला भएका एकजना कैदी बर्दिया कारागारको पर्खाल नाघेर भागेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–८ घर भएका ३० वर्षीय अजिब बुढा क्षेत्री उर्फ टोपे दोस्रो पटक भागेका हुन् ।

हत्या आरोपमा बुढाक्षेत्रीलाई बर्दिया जिल्ला अदालतले १९ वर्ष ११ महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि प्रहरीले पक्राउ गरेर २०७२ फागुन ३० मा प्रहरीले अदालतमा उपस्थित गराउँदा उनी अदालत परिसरबाटै भागेका थिए । अदालत परिसरबाट फरार भएसँगै उनीविरुद्ध ३० वर्ष कैद सजायको फैसला भएको थियो ।

२०७९ कार्तिक २१ मा प्रहरीले पक्राउ गरेर उनलाई कैद भुक्तानको लागी बर्दिया जिल्ला अदालतमा थुनामा पठाएको थियो । उनी फेरी २०८० भदौ १७ मा काराकारको पर्खाल नाघेर भागेको बर्दियाका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए । उनलाई पक्राउ गर्न सहयोग गरिदिन प्रहरीले सार्वजनिक आह्वान गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप