ज्यान मुद्दाका कैदी दोस्रो पटक फरार
काठमाडौँ । ज्यान मुद्दामा कैद सजाय हुने फैसला भएका एकजना कैदी बर्दिया कारागारको पर्खाल नाघेर भागेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–८ घर भएका ३० वर्षीय अजिब बुढा क्षेत्री उर्फ टोपे दोस्रो पटक भागेका हुन् ।
हत्या आरोपमा बुढाक्षेत्रीलाई बर्दिया जिल्ला अदालतले १९ वर्ष ११ महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि प्रहरीले पक्राउ गरेर २०७२ फागुन ३० मा प्रहरीले अदालतमा उपस्थित गराउँदा उनी अदालत परिसरबाटै भागेका थिए । अदालत परिसरबाट फरार भएसँगै उनीविरुद्ध ३० वर्ष कैद सजायको फैसला भएको थियो ।
२०७९ कार्तिक २१ मा प्रहरीले पक्राउ गरेर उनलाई कैद भुक्तानको लागी बर्दिया जिल्ला अदालतमा थुनामा पठाएको थियो । उनी फेरी २०८० भदौ १७ मा काराकारको पर्खाल नाघेर भागेको बर्दियाका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए । उनलाई पक्राउ गर्न सहयोग गरिदिन प्रहरीले सार्वजनिक आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण