सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा चक्काजाम
जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा विरोध प्रदर्शन गरिएको छ। घाइते यादवको निर्वाचन क्षेत्र समेत रहेको क्षेत्र नम्बर ४ को जनकपुरधाम–ढल्केवर सडकखण्डको लक्ष्मीनिया बजारमा चक्काजाम गरिएको हो ।
चक्काजामका कारण सयौं सवारी साधनहरु रोकिएका छन् । सवारी साधनहरु रोकिएपछि यात्रुहरु अलपत्र परेका थिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि दिउँसो काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै युवकहरुले चक्काजाम गरेको हो । यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानमा आक्रोसको माहौल उत्पन्न भएको छ।
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं। ४ का भरत यादवको नेतृत्वमा कांग्रेस निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका हुन् । लक्ष्मिनियाँमा गरिएको चक्काजाम प्रशासनको टोली पुगेर खुलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण