बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा चक्काजाम

बुधबार, २० भदौ २०८०, २३ : ०१
बुधबार, २० भदौ २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा विरोध प्रदर्शन गरिएको छ। घाइते यादवको निर्वाचन क्षेत्र समेत रहेको क्षेत्र नम्बर ४ को जनकपुरधाम–ढल्केवर सडकखण्डको लक्ष्मीनिया बजारमा चक्काजाम गरिएको हो ।

चक्काजामका कारण सयौं सवारी साधनहरु रोकिएका छन् ।  सवारी साधनहरु रोकिएपछि यात्रुहरु अलपत्र परेका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि दिउँसो काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै युवकहरुले चक्काजाम गरेको हो । यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानमा आक्रोसको माहौल उत्पन्न भएको छ।

कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं। ४ का भरत यादवको नेतृत्वमा कांग्रेस निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका हुन् । लक्ष्मिनियाँमा गरिएको चक्काजाम प्रशासनको टोली पुगेर खुलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?