मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्न सबै राजनीतिक दल एकतावद्ध हुनुपर्छः देवेन्द्र पौडेल
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति निन्दा गर्दै उनले मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारसहितलाई एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मुलुकमा बढ्दो अराजकतालाई अन्त्य गर्न लागि नपर्ने हो भने कुनैपनि बेला असुरक्षाको स्थिति भोग्नुपर्ने अवस्था आउनेतर्फ सरकार र राजनीतिक दलहरुलाई सचेत गराए । सांसद पौडेलले सहमहामन्त्री यादवको सांघातिक आक्रमणमा संलग्न व्यक्तिको पछाडि कुनै शक्ति भए त्यसलाई पनि कानूनी दायरामा ल्याउन सरकारलाई दबाब दिए ।
सांसद पौडेलले पाँच वर्षीया बालिकाको उपचार नपाएर कान्ति बाल अस्पतालमा मृत्यु भएको खबरप्रति दुःख व्यक्त गर्दै सो अस्पतालको सुधार गर्न पनि सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण