लम्पी स्किन महामारी पीडित किसानलाई राहत दिने काममा ढिलाइ हुन्नः कृषिमन्त्री भुसाल
बिहीबार, २१ भदौ २०८०, १६ : ४२
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले सोसम्बन्धि मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताएका हुन् ।
मन्त्री भुसालले कृषि अनुदान दुरुपयोग हुन नदिनेगरी सरकारले कार्यविधिमा परिमार्जन गरिरहेको समेत जानकारी दिए । उनले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत अध्ययनको काम शुरु भएको र त्यसबाट आउने सुझावको आधारमा सो सम्बन्धि कार्यलाई अघि बढाउने योजनामा सरकार रहेको बताए ।
मन्त्री भुसालले धानको आयात क्रमशः घटाउँदै लैजान सरकार लागि परेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण