क्यानले ल्यायो साढे ३६ अर्बको बजेट
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८०– ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ । अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे ।
प्राधिकरणले चालु आवमा रु १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण÷सेयर लगानीका रुपमा रु छ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ । प्राधिकरणले पुँजीगत खर्चका लागि रु १९ अर्ब तीन करोड ८८ लाख बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा रु दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ ।
प्राधिकरणले कार्य सञ्चालन खर्च रु चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा रु पाँच अर्ब ८९ विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाको सर्केगाड गाउँपालिकाको मतगणना : कसले कति मत ल्याए ?
-
विगतमा जितेका चार पालिका र नौ वडा गुम्यो : नयाँ सात स्थानमा जित्न सफल
-
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
-
बागबजारको आराधाना कम्प्लेक्समा सुट मेला
-
प्रथम पञ्चवर्षीय गुरुयोजना फेल, दौडनुपर्ने कर्णाली घिस्रिँदै
-
भ्रष्टाचारीलाई पेन्सन : पूर्व प्रहरी महानिरीक्षक राणाको पक्षमा अन्तरिम आदेश