सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरेवियाको दमाममा नेपाल एयरलाइन्सको नियमित सिधा उडान शुरु

बिहीबार, २१ भदौ २०८०, १७ : ३२
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ ।  नेपाल वायुसेवा निगमले बिहीबारदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ । 

उडान तालिका अनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।

 काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ । 
        
 यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगइन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सकिनेछ ।  यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप