अदालत
सन्दीप प्रकरण : पीडित किशोरीको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश
बिहीबार, २१ भदौ २०८०, १८ : ११
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो ।
अदालतले काठमाडौँको एक स्थानीय तहबाट २०६९/१०/१५ मा नुवाकोटमा बसाइसराई गरी जाने क्रममा काठमाडौँको स्थानीय तहमा पेश गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ । यसअघि बसाइसराई गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो ।
सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेश गर्न आदेशमा भनिएको छ । योसँगै अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण