गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलद्वारा प्रदर्शन

हेटौंडा । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नेपाल तरुण दल मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र राय यादव माथिको सांघातिक हमलाको विरोध गर्दै बिहीबार साँझ तरुण दल मकवानपुरले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै नाराबाजी गर्दै जुलुस निकालेको हो ।
नेपाली कांग्रेस मकवानपुरको हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको थियो । तरुण दलका युवाहरुले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने र सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानबिनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरे ।
तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडि बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।
उनले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गृहमन्त्री श्रेष्ठले फसाएको आरोप लगाउँदै तरुण दल अब हातमा ‘दही’ जमाएर नबस्ने र सडक संघर्ष गर्ने चेतावनी दिए ।
कांग्रेस मकवानपुरका युवा नेता विकेशलाल श्रेष्ठले पछिल्लो समय कांग्रेसमाथि लगातार प्रहार भइरहेको भन्दै तरुण र विद्यार्थी अब मौन बस्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन