‘न्वाँगी’ले चेपाङ समुदायको उत्थान सघाउनेछ : प्रदेश प्रमुख शर्मा
हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘न्वाँगी’ पर्वले चेपाङ समुदायको विकास उत्थानमा सघाउ पुर्याउने बताएका छन् । शुक्रबार प्रकृतिपूजक चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात् न्वाँगीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले चेपाङ समुदायको विकासमा पर्वको महत्वपूर्ण भुमिका रहने बताएका हुन् ।
‘न्वाँगी पर्वले लोपोन्मुख जातीका रुपमा रहेका चेपाङ समुदायको उत्थान तथा प्रगतिमा समेत यस्ता पर्वले सघाउ पुर्याउँनेछ’ उनले भने, ‘छरछिमेकी, नाताकुटुम्ब निम्ता गरी सामूहिक भोज,नाचगानसहित रातभर जागा बस्ने र सुखदुःख साट्ने पर्वका रुपमा न्वाँगीलाई लिइन्छ।’
नयाँ अन्न खाने दिनका रुपमा मनाइने न्वाँगी पर्व चेपाङ जातीको जीवनशैली र संस्कृतिसँग जोडिएको उनले बताए । ‘भीरपाखामा बस्न रुचाउने चेपाङ समुदायले पाखापखेरामा लगाएको मकै(धान र फलफूल भदौमा पाक्ने भएकाले यही महिनामा न्वाँगी धुमधामसँग मनाउने गरिएको हो ।’
प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । चेपाङ समुदाय नेपालको बागमती प्रदेशको चितवन,मकवानपुर र धादिङ तथा देशका अन्य विभिन्न ३१ जिल्लामा बसोबास गर्दछन् ।
यस्ता पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्ने प्रमुख शर्माले विश्वास व्यक्त गरे ।
‘बहुजातिय,बहुभाषिक,बहुसांस्कृतिक,बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा न्वाँगीजस्ता पर्वले विविधताभित्र एकता, धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा महत्वपूर्ण टेवा पुर्याउँदछ,’ सन्देशमा भनिएको छ, ‘चेपाङहरुको भाषा,धर्म,संस्कृति र परम्पराको संरक्षण गर्न यो पर्वले महत्वपूर्ण भूमिका खेल्दछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण