रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते
शुक्रबार, २२ भदौ २०८०, ११ : ५६
सुर्खेत । कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापा, सोही ठाउँका वर्ष २२ का पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका ५ का वर्ष २१ का कृष्ण मगर, सोही ठाउँकै वर्ष २१ पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको उक्त ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छै ।
घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का जानकारी दिए ।
घाइतेहरू चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण