सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ २५ गते विकास ऋणपत्रमार्फत सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने

शुक्रबार, २२ भदौ २०८०, १८ : ०२
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ २५ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको हो । 

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरुले भदौ २४ गते अपराह्न ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ आपसी प्रतिस्पधात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ विनाप्रतिस्पर्धा वितरण गरिनेछ । आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । 

विकास ऋणपत्रको ब्याज भने अधर्वाषिक अर्थात् ६÷६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप