गोलभेँडाको मूल्य घटेर प्रतिकिलो ४५ रुपैयाँमा आइपुग्यो, अन्य तरकारीको भाउ कति ?
काठमाडौँ । आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले गोलभेडाको भाउ प्रतिकिलो ४५ रुपैयाँ तोकेको छ । समितिले आज तरकारी तथा फलफूलको बजार भाउ तोक्दै भारतीय गोलभेडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ कायम भएको जनाएको हो ।
यस्तै, आज सानो लोकल गोलभेडा ४५ रुपैयाँ, सानो गोलभेडा टनेल प्रतिकिलो ४९ रुपैयाँ छ । यस्तै, रातो आलुको थोक मूल्य ५७ रुपैयाँ र मुडेको आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ छ । यस्तै, सुकेको प्याजको मूल्य समेत घट्न थालेको छ ।
यसअघि, प्रतिकिलो ७३ रुपैयाँमा कारोबार भइरहेको भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ७१ रुपैयाँमा आइपुगेको छ । लोकल गाँजरको मूल्य प्रतिकिलो ८६ रुपैयाँ छ भने बन्दाको मूल्य प्रतिकिलो ७६ र स्थानीय काउलीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ छ ।
रातो मुलाको मूल्य किलोमा १०६, सेतो मूला किलोमा ११५ छ भने लाम्चो भन्टाको थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ र डल्लो भन्टाको मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । समितिका अनुसार बोडीको मूल्य किलोमा ९६ रुपैयाँ र तिते करेलाको ८६ तथा परवरको ५५ रुपैयाँ मूल्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण