बाँके दुर्घटना : सामुदायिक वन उपभोक्ता महासंघद्वारा दुःख व्यक्त
काठमाडौँ । सात जनाको ज्यान जाने गरी बर्दिया जिल्लामा भएको बस दुर्घटनाप्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपालले दुःख व्यक्त गरेको छ ।
बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका ८ मा रहेको वेतनी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरू भ्रमण सम्पन्न गरी दाङबाट बर्दिया फर्किने क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगंजमा शुक्रबार राति नौ बजे बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ७ जना उपभोक्ताहरूको मृत्यु तथा ३० जनाभन्दा बढी घाइते भएका छन् । ना ७ ख २३२१ नम्बरको बस रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिएको थियो । घाइतेहरूको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाको खबरले महासंघ मर्माहत भएको जनाउँदै मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।
अध्यक्ष ठाकुर भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनामा परेका उपभोक्ताहरूको उपचार गर्न र आवश्यक सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण