शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कलाकार सङ्घले मनायो ३५औँ स्थापना दिवस

आइतबार, २४ भदौ २०८०, ०७ : ५७
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घले आफ्नो ३५औँ स्थापना दिवस मनाएको छ । राजधानीमा शनिबार एक कार्यक्रमकाबीच आयोजित स्थापना दिवसमा थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्मान, मानार्थ सदस्यता प्रदान, शुभकामना मन्तव्य, अवधारणा पत्र प्रस्तुत र त्यसमाथि टिप्पणी समेत भएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सङ्घकी संरक्षक वसुन्धरा भुसाल, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकी, सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, कलाकार सन्तोष पन्त, अभिनेत्री चैत्यदेवि सिंह, निर्देशक द्वय आकाश अधिकारी र नरेश पौडेल, कलाकार आरपि पन्त, तैयव शाह, मुकुन्द किशोर भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा संविधानविद् भीमार्जुन आचार्य, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, दन्त चिकित्सक डा. सुवास घिमिरे, खेलकुदकर्मी विष्णु गोपाल श्रेष्ठलाई सङ्घको मानार्थ सदस्यता प्रदान गरिएको थियो । 

त्यस्तै, सङ्घलाई आर्थिक तथा भौतिक सहयोग गर्ने ध्रुव देवकोटा, मनोज खत्री, राजीव गिरी, डा.रूपक घिमिरे, प्रकाश पुरी र श्रीदेव बिएललाई आभारपत्र प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष चयन भएकोमा चलचित्रकर्मी तथा साहित्यकार राजेन्द्र केसीलाई उक्त अवसरमा बधाई पत्र समेत प्रदान गरियो ।

सङ्घद्वारा तयार पारिएको ‘नेपाली चलचित्रको गुणस्तरमा पेसाकर्मीको भूमिका’ विषयक अवधारणा पत्र सङ्घका प्रेस सल्लाहकार शान्तिप्रियले प्रस्तुत गरेका थिए, भने सो अवधारणा पत्रमाथि चलचित्र कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ, चलचित्र लेखक अभिमन्यु निरवी र चलचित्र निर्देशक तथा सञ्चारकर्मी सङ्गीता श्रेष्ठले टिप्पणी गरेकी थिइन् ।

वि.सं. २०४५ भदौ २३ गते स्थापना भएको सङ्घले आइतबार योगगुरु राम पाण्डेद्वारा योग अभ्यास, डा. विकासानन्दद्वारा मोटिभेसन लेक्चर र डा. श्याम खड्काद्वारा चिकित्सकीय परामर्श कार्यक्रम समेत राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप