१९ वर्षीया अमेरिकी किशोरीले जितिन् यूएस ओपनको उपाधि
काठमाडौँ । विश्वको टेनिसको चर्चित ग्रान्डस्लाम प्रतियोगिता ‘यूएस ओपन’ को उपाधि १९ वर्षीय अमेरिकी किशोरी कोको गौफले जितेकी छन् । कोकोले आफ्नो सक्रिज खेल जीवनमा जितेको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।
उनले फाइनलमा दोस्रो वरीयतामा आसिन बेलारुसकी अनुभवी खेलाडी आर्यना साबालेन्कालाई हराउँदै उपाधि चुमेकी हुन् । कोको छैटौं वरीयतामा आसिन खेलाडी हुन् । पहिलो सेटको नतिजालाई २५ वर्षीय आर्यनाले ६-२ ले आफ्नो पक्षमा पारेकी थिइन् ।
त्यसपछि कोकोले खेलमा उत्कृष्ट पुनरागमन गरिन् । उनले दोस्रो सेटको नतिजालाई ६-३ ले आफ्नो पक्षमा पारिन् । अन्तिम सेटको खेलमा अनुभवी खेलाडी आर्यनाले लय गुमाइन् । त्यसैको फाइदा उठाउँदै कोकोले तेस्रो सेटको नतिजालाई ६-२ ले आफ्नो पक्षमा पारिन् र उपाधिमाथि पनि कब्जा जमाइन् ।
आर्यना यो वर्ष दोस्रो ग्रान्डस्लाम उपाधिको खोजीमा थिइन् । यसअघि उनले यसै वर्ष अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । त्यो उनले जितेको पहिलो ग्रान्डस्लाम उपाधि थियो । ‘उपाधि जितेको म आफैलाई पत्यार लागिरहेको छैन,’ खेलपछि कोकोले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण