प्रेम सुवालले प्रधानमन्त्रीलाई सोधे– ‘एमसीसी सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भनियो तर अहिले कसरी आयो ?’
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा अमेरिकी सेना आएको बारे प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । विदेश भ्रमणमा जानुअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका सांसद सुवालले एमसीसीको सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भनेको तर अहिले कसरी अमेरिकी सेना आयो भन्ने कुरा उठाएको बताए ।
संयुक्त राष्ट्रसंघ महासभामा गएका बेला युक्रेनमा गरेजस्तै युद्धमा फसाउने तर्फ अमेरिकासँग सचेत हुन सुझाव दिएका छन् । यो विषयलाई अमेरिकासँग कुटनीतिक हिसावले राख्न भनेको उनले बताए । अमेरिकाले युक्रेनलाई युरेनियम भएको हतियार पठाउन लागेको दावी गर्दै सांसद सुवालले अमेरिकाको त्यस्तो नीतिलाई सचेत गराउन सुझाव दिएको बताए ।
नेपालले असंलग्न परराष्ट्रनीति भन्ने तर सम्बन्धचाहीँ हतियार उत्पादन र विक्री गर्ने देशको पक्षमा रहने गरेको भन्दै युद्ध गर्ने देशको पक्षमा लाग्न नमिल्ने बताए । उनले भने– ‘असंग्न परराष्ट्रनीति भन्दाभन्दै देश समाप्त हुने स्थिति आउँदैछ, तपाइँले यसमा ख्याल राख्नुपर्छ भनेर प्रधानमन्त्रीलाई भनेको छु । एमसीसीको सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भन्नुभयो तर अहिले कसरी अमेरिकी सेना आयो भन्ने कुरा उठाएँ ।’
चीन भ्रमणको बारेमा सुझाव दिँदै चीनले गरेको विकासको अनुभव लिन, चीनले गरेको गरिवी निवारणको अनुभव लिन, उत्पादन क्षेत्रमा गरेको अनुभव लिन,हाम्रा ८० लाख युवालाई विदेशमा सस्तो ज्यामी बन्न पठाउने, अनि यहाँ के उत्पादन हुन्छ ? भन्ने प्रश्न गर्दै चीनको अनुभव लिएर नेपालमा नै उत्पादन बढाउने काम गर्न सुझाव दिएको सांसद सुवालले बताए ।
चीनका राजदूतले नेपालको हितका लागि, विकासका लागि सुझाव दिएको तर त्यसलाई उछालेर चीनले हस्तक्षेप गर्यो, राजदूतलाई स्पष्टिकरण लिने भन्न मिल्छ भनेर आफूले कुरा राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण