आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा

आइतबार, २४ भदौ २०८०, १४ : ३१
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ मा नयाँ शाखा कार्यालयसमुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । 
 यस पश्चात बैंकको देशभर शाखा संख्या २८२ वटा पुगेको छ।  उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । 

उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रा.वा. बैंकको कर्जाको ब्याजदर तुलनात्मक रुपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ्ग कारोबार गर्न आग्रह गरे । 

गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुब अर्याल, शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप