जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिन्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको बताएका छन् ।
आइतबार मकवानपुरको हेटौँडामा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशालई समाजवादको दिशामा लिएर जानका लागि गणतन्त्रको प्रयोग गर्नुपर्ने बताए । उनले समाजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभूति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? भन्नेकुरा समाजवादी मोर्चाको उद्देश्यसँग जोडिएको जिकिर गरे ।
अध्यक्ष नेपालले राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति मिलेर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष नेपालले केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण