पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्था बुझ्न मन्त्री बस्नेत पुगे अस्पताल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा.रामवरण यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । वीर अस्पतालको विशिष्ठ (भीआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर मन्त्री बस्नेतले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
आइतबार साँझ स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति यादव वीर अस्पतालमा भर्ना भएका थिए । डा.यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमी नगरेको मन्त्री बस्नेतसँग सुनाएका थिए ।
भेटका क्रममा मन्त्री बस्नेतले यादवलाई उपचारका बिषयमा चिन्ता नलिन आग्रह गरेका छन् । पूर्वराष्ट्रपति यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।

डा.यादवको उपचारमा मुटुरोग विज्ञहरु डा.भगवान कोइराला, डा.रत्नमणि गजुरेल, डा.समिर पौडेल लगायतको टिम संलग्न रहेको डा.बस्नेतले बताए । बस्नेतका अनुसार यादवको रक्तचाप नियन्त्रणमा छैन, तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ । मन्त्री बस्नेतले यादवको उपचारमा कुनै कमी हुन नदिन उपकुलपति बस्नेतलाई समेत निर्देशन दिएका छन् ।
मन्त्री बस्नेतले वीर अस्पतालमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवलाई पनि भेटेका छन् । मन्त्री बस्नेत इजिप्टमा जनसंख्या र विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आइतबारै स्वदेश फर्किएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण