बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नाडा अटो शो २०२३

टीभीएसले अटो शोमा इलेक्ट्रिक स्कुटर आईक्यूब र रोनीन क्रुजर प्रदर्शन गर्ने

सोमबार, २५ भदौ २०८०, १२ : २९
सोमबार, २५ भदौ २०८०

काठमाडौं । द बिगेस्ट शो अफ नेपाल ‘नाडा अटो शो, २०२३’ मा टीभीएसका दुई वटा दुई पाङ्ग्रे सवारी प्रदर्शन हुने भएको छ । टीभीएसको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले इलेक्ट्रिक स्कुटर ‘आईक्यूब’ र ‘रोनीन क्रुजर’ अटो शोमा उतार्ने भएको हो ।

कम्पनीले यसअघि नै इलेक्ट्रीक स्कुटर आइक्यूबको बिक्री सुरु गरिसकेको भएपनि अटो शोमा विशेष प्रदर्शनी गर्न लागेको हो । तर, रोनीन क्रुजर भने हालसम्म बिक्री वितरण भएको छैन ।

टीभीएससँग अहिले अन्य नयाँ मोडल नभएको कारण आइक्यूबलाई बिक्री गर्ने र रोनीन प्रदर्शनी गर्ने तयारी गरेको हो । टीभीएसको पहिलो क्रुजर मोटरसाइकल रोनीन अवलोकनको लागि मात्रै उपलब्ध हुनेछ । 

टीभीएस ई.आईक्यूबको बजार मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । टीभीएस आइक्यूवमा ३ किलोवाटको हब मोटरको प्रयोग गरिएको छ । यसको पीक पावर ४.४० किलोवाट हो । टर्क भने १४० एनएम प्रदान गर्छ । यसको टप स्पीड ७८ किलोमिटर प्रति घण्टा रहेको छ ।

आईक्यूबमा ३.०४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुल चार्ज गरेर ७५ देखि १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरमा रिजेनेटिभ ब्रेकिङ सिस्टम भएको कारण यसको रेन्ज सडकको अवस्था अनुसार बढ्ने कम्पनीको भनाइ छ ।

आइक्यूबमा टीभीएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर कल÷एसएमएस अलर्ट, नेभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरू प्रयोग गर्न सक्नेछन् ।

यो स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एब्जर्बर सस्पेन्सन प्रयोग गरिएको छ । यो स्कुटरको सिट हाइट ७७० एमएम छ भने, ग्राउन्ड क्लियरेन्स १५० एमएम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप