बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

तीजमा गरिमाको टिकटक प्रतियोगिता

सोमबार, २५ भदौ २०८०, १३ : २५
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नेपाली हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं सङ्गीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ । 

हरितालिका तीजलाई विशेष बनाउन बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरूमध्ये प्रथमलाई रु ३०,००० द्वितीयलाई रु २०,००० तृतीयलाई रु १०,००० र बाँकी ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप