तीजमा गरिमाको टिकटक प्रतियोगिता
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नेपाली हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं सङ्गीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ ।
हरितालिका तीजलाई विशेष बनाउन बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरूमध्ये प्रथमलाई रु ३०,००० द्वितीयलाई रु २०,००० तृतीयलाई रु १०,००० र बाँकी ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।
यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण