नाडा अटो शोमा हुन्डाईको ‘एक्स्टर’
काठमाडौं । नाडा अटो शो, २०२३ मा चर्चित ब्राण्ड हुन्डाईले न्यू ‘एक्स्टर’ प्रदर्शन गर्ने भएको छ । कम्पनीले आफ्नो चर्चित ह्याचब्याक सेग्मेन्टको ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा एक्स्टर उत्पादन गरेको हो ।
१.२ लिटर बीआई–फ्यूल कप्पा पेट्रोल इन्जिनमा उपलब्ध एक्टरले ५०.५ किलोवाट (६९ पीएस) को पावरमा ६ हजार आरपीएमको अधिकतम पावर दिने गाडीले ९५.२ एनएममा ४ हजार आरपीएमको टक्र्यू उत्सर्जन गर्ने कम्पनीको भनाइ छ । ५ सिटे गाडीमा ५ स्पिड म्यानुअल ट्रान्समिसन सिस्टम प्रदान गरिएको छ ।
गाडीमा अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । निकै बक्सी डिजाइनमा उपलब्ध एक्सटर आकर्षक र बोल्ड लुक्समा रहेको छ ।
एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र इन्ट्रमेन्ट क्लष्टर नियोसकै जस्तो छ । एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री, ड्यास क्याम जस्ता फिचरहरू दिएर कम्पनीले एक्सटरलाई फूल्ली डोडेड एसयूभी प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण