बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा हुन्डाईको ‘एक्स्टर’

सोमबार, २५ भदौ २०८०, १३ : ४३
सोमबार, २५ भदौ २०८०

काठमाडौं । नाडा अटो शो, २०२३ मा चर्चित ब्राण्ड हुन्डाईले न्यू ‘एक्स्टर’ प्रदर्शन गर्ने भएको छ । कम्पनीले आफ्नो चर्चित ह्याचब्याक सेग्मेन्टको ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा एक्स्टर उत्पादन गरेको हो । 

१.२ लिटर बीआई–फ्यूल कप्पा पेट्रोल इन्जिनमा उपलब्ध एक्टरले ५०.५ किलोवाट (६९ पीएस) को पावरमा ६ हजार आरपीएमको अधिकतम पावर दिने गाडीले ९५.२ एनएममा ४ हजार आरपीएमको टक्र्यू उत्सर्जन गर्ने कम्पनीको भनाइ छ । ५ सिटे गाडीमा ५ स्पिड म्यानुअल ट्रान्समिसन सिस्टम प्रदान गरिएको छ । 

गाडीमा अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । निकै बक्सी डिजाइनमा उपलब्ध एक्सटर आकर्षक र बोल्ड लुक्समा रहेको छ ।

एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र इन्ट्रमेन्ट क्लष्टर नियोसकै जस्तो छ । एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्र, ड्यास क्याम जस्ता फिचरहरू दिएर कम्पनीले एक्सटरलाई फूल्ली डोडेड एसयूभी प्रदान गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप