एन्फामा अध्यक्ष र महासचिवविरुद्ध मोर्चाबन्दी : यस्ता छन् १९ आरोप

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष र महासचिवविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासयी बनाउन लागिपरेको र उनीहरुलाई सो पदमा निरन्नरता दिँदा नेपाली फुटबलको भविष्यमाथि नै क्षति पुग्ने असन्तुष्ट पक्षको भनाइ छ ।
असन्तुष्ट पक्षले तत्काल साधारणसभा बोलाउन माग गर्दै सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नेसम्बन्धी एजेण्डा राख्न माग गरेका छन् । एन्फा विधानको धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यहरुको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउन पेश गरिएको अध्यक्षलाई सम्बेधन गरिएको निवेदनमा उल्लेख छ ।
निवेदन दिनेमा संकटा क्लबका इन्द्रमान तुलाधार, सातदोबाटो क्लबका कपिल राना मगर, मध्यपुर युथ क्लबका सुनिल श्रेष्ठलगायत ४८ सदस्य तथा क्लब अध्यक्षहरु छन् । अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्नेहरुले विभिन्न १९ बुँदे आरोप लगाउँदै उनीहरुले समग्र फुटबललाई नै संकटतर्फ लगिरहेको आरोप लगाएका छन् ।
महिला लिग सञ्चालन गर्न नसकेको, जिल्लामा अनुदान दिन नसकेको र प्रतियोगिता पनि गर्न नसकेको, फिफाबाट पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरु आयोजनाका लागि रकमान्तर गरेको, खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न नसकेको, नेपाली फुटबललाई धरासयी बनाएको लगायत आरोप उनीहरुमाथि छ।
यस्ता छन् आरोप :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा