भूमिगतकालमा गिरिजाबाबुले फौजी आक्रमण गर्न सुझाव दिनुहुन्थ्यो : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिगत कालमा माओवादीले गरेको राजतन्त्रविरुद्धको आन्दोलनमा सात दलका नेता तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरूलाई फौजी आक्रमण गर्न सुझाव दिने गरेको बताएका छन् । सोमबार विराटनगरमा भएको चार दलीय सन्देश सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले साे कुरा बताएका हुन् ।
उनले हिजो सामन्ती राजतन्त्रविरुद्धको आन्दोलनमा १२ बुँदेदेखि नै सात दल र माओवादीबीच सहकार्य भएको स्मरण गर्दै गिरिजाबाबुले फौजी आक्रमणका लागि सुझाव दिने गरेको बताए ।
‘हामी हिजो निरङ्कुश सामन्ती राजतन्त्रका विरुद्ध सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादी केन्द्र एकताबद्ध भयौँ’, प्रचण्डले भने, ‘१२ बुँदे समझदारीदेखि जनयुद्ध र सल्लाह गरेर जनआन्दोलन सँगसँगै चलायौ ।’ उनले त्यसबेला गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमणका लागि सुझाव नै दिने गरेको बताए ।
‘गिरिजाप्रसाद कोइरालाले त्यसबेला सात दलको नेतृत्व गर्नुहुन्थ्यो । उहाँले मलाई भन्नु नै हुन्थ्यो–लहै यहाँनेर फौजी आक्रमण केन्द्रित गर्नुभयो भने राम्रो हुन्छ भनेर’, प्रचण्डले भने, ‘हामी भूमिगत नै थियौ । माधवजी र मेरो त यति धेरै भेट हुन्थ्यो जनयुद्धमा देशभित्र र देशबाहिर । माधवजी एमालेको नेतृत्वमा नभएको भए बडो गाह्रो हुन्थ्यो गणतन्त्रमा आउन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण