नदीबाट गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक छः सभापति सिंह

काठमाडौँ । पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी, खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताएका छन् ।
सोमवार आयोजित कार्यक्रममा बोल्दै समिति सभापति सिंहले क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी,बालुवा र ढुङ्गा उत्खनन् रोक्न नहुने बताए । सभापति सिंहले नेपालका नदी तथा खोलाको गिट्टी वालुवा र ढुङ्गा समयमा नै उत्खनन् गर्न नसके भारत धनी हुने धारणा राखे ।
उनले सरकारले कानूनी जटिलता सहज बनाएर नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्नसके हजारौंलाई रोजगारी र अर्बौंको राज्यलाई आम्दानी आर्जन हुने विश्वास रहेको उल्लेख गरे । उनले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नदिने र क्रसर उद्योगहरु पनि बन्द गर्ने हो भने हजारौं मानिसहरु विदेश जानुपर्ने अवस्था आउने विषयमा सरकार सचेत हुन आवश्यक रहेको बताए ।
सभापति सिंहले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नसक्दा रोजगारी मात्रै नभएर राज्यको राजश्व समेत गुम्ने खतरा रहेको बताए । सरकारले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न दिएर अर्बौं रुपैयाँ आर्जन गर्दा ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्नुपर्ने बताए ।
उनले भने, ‘खोला नदीका गिट्टा ढुङ्गाहरु समयमा नै उत्खनन् गर्न सकेनौं भने बालुवाको रुपमा भारत पुग्छ । त्यहाँबाट हामीले केही पाउँदैनौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
सहज यात्रा र स्वरोजगारीमाथि ‘सिन्डिकेटधारी’को धावा
-
ज्ञानेन्द्र शाहीले भने– ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’
-
मङ्गलबारदेखि ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ हुँदै
-
५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !