नदीबाट गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक छः सभापति सिंह
काठमाडौँ । पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी, खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताएका छन् ।
सोमवार आयोजित कार्यक्रममा बोल्दै समिति सभापति सिंहले क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी,बालुवा र ढुङ्गा उत्खनन् रोक्न नहुने बताए । सभापति सिंहले नेपालका नदी तथा खोलाको गिट्टी वालुवा र ढुङ्गा समयमा नै उत्खनन् गर्न नसके भारत धनी हुने धारणा राखे ।
उनले सरकारले कानूनी जटिलता सहज बनाएर नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्नसके हजारौंलाई रोजगारी र अर्बौंको राज्यलाई आम्दानी आर्जन हुने विश्वास रहेको उल्लेख गरे । उनले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नदिने र क्रसर उद्योगहरु पनि बन्द गर्ने हो भने हजारौं मानिसहरु विदेश जानुपर्ने अवस्था आउने विषयमा सरकार सचेत हुन आवश्यक रहेको बताए ।
सभापति सिंहले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नसक्दा रोजगारी मात्रै नभएर राज्यको राजश्व समेत गुम्ने खतरा रहेको बताए । सरकारले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न दिएर अर्बौं रुपैयाँ आर्जन गर्दा ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्नुपर्ने बताए ।
उनले भने, ‘खोला नदीका गिट्टा ढुङ्गाहरु समयमा नै उत्खनन् गर्न सकेनौं भने बालुवाको रुपमा भारत पुग्छ । त्यहाँबाट हामीले केही पाउँदैनौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण