बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा विद्यार्थी सवार स्कुल बस नहरमा खस्दा २० जना घाइते

सोमबार, २५ भदौ २०८०, १९ : २२
सोमबार, २५ भदौ २०८०

धनगढी । कैलालीको टीकापुरमा विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खस्दा २० जना विद्यार्थी घाइते भएका छन् । टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाइ आयोजनाको नहरमा खस्दा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थिका अनुसार बसमा सवार २० जना विद्यार्थीलाई उपचारको लागि टीकापुर अस्पताल पुर्याइएको छ ।

विद्यार्थी बोकेर गइरहेको ना५ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं। ९ कुन्तीस्थित रानी जमरा सिँचाइ नहरमा खसेको प्रहरीले जनाएको छ । 

बसका चालक फरार रहेको बताइएको छ । नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको बताइएको छ । थप विवरण आउन बाँकी रहेको  विद्यालयका सञ्चालक मनिष बलायरले जानकारी दिए । उनका अनुसार बस विद्यार्थी बोकेर घरतर्फ छोड्न गएको थियो । दुर्घटना स्थलमा पुगेर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप