बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिस्पर्धी मूल्यमा बीवाईडी डल्फिन सार्वजनिक, अटो शोको आकर्षण बन्ने (भिडियोसहित)

सोमबार, २५ भदौ २०८०

काठमाडौँ । विश्व प्रसिद्ध अटो ब्रान्ड बीवाईडीले नेपाली बजारमा न्यु डल्फिन उतारेको छ । बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले ईभी (इलेक्ट्रीक भेहीकल) मा ह्याचब्याक सेग्मेन्ट बीवाईडी डल्फिन नेपाल भित्र्याएको हो । 

यसअघि ई–६, अट्टो–३ जस्तो प्रसिद्ध मोडल नेपाल भित्र्याइसकेको कम्पनीले नाडा अटो शो, २०२३ को अवसर पारेर डल्फिन नेपाल भित्र्याएको हो । 

१५ औँ संस्करणको बृहत् नाडा अटो शो, २०२३ भोलिदेखि ९भदौ २६–३१०  काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । अटो शोको पूर्वसन्ध्यामा सोमबार कम्पनीले बीवाईडी डल्फिन प्रतिस्पर्धी मूल्यमा सार्वजनिक गरेको हो ।

byd1

४४।९ किलोवाट ब्याट्री क्षमताको डल्फिनमा ७० किलोवाट क्षमताको मोटर राखिएको छ । लिथियम-आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । 

नेपाली सडक सुहाउँदो ईभी भनिएको बीवाईडी डल्फिनमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ ।

उसो त न्यु डिजाइनसहित आकर्षक लुक्समा उपलब्ध बीवाईडी डल्फिन ह्याचब्याक सेग्मेन्टमा अन्य प्रतिस्पर्धी ब्रान्डसँग लड्न कम्पनीले आकर्षण मूल्य अफर गरेको छ । 

नवीन टेक्नोलोजीसहित सेफ्टी फिचरलाई विशेष ध्यान दिएर उत्पादन गरिएको बीवाईडी डल्फिन ३९ लाख ८० हजार रुपैयाँमा नै उपलब्ध गराएको छ । यो सेग्मेन्टमा निकै प्रतिस्पर्धी मूल्य हो ।

गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड जस्ता सुविधाहरू रहेका छन् ।

१६ इन्चको अलोय ह्विलमा २ हजार ७ सय एमएमको ह्विलबेस रहेको डल्फिन विभिन्न चार कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

byd2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया