सुन प्रकरणमा ठमेलको वाल्डो क्यासिनो पनि सीआईबीको छानबिनमा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको छ । सुन तस्करले अनधिकृत रुपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले क्यासिनोमाथि छानबिन गरिरहेको छ ।
चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग वाल्डोमा खेल्न गइरहन्थे । पुचेङ्गलाई भदौ १ मा सीआईबीले पक्राउ गरेको थियो । सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रुपमा रकम हङकङ पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
छायाँ सेन्टरमा सञ्चालित वाल्डोमार्फत ‘हुण्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । ‘क्यासिनोमा खेल्नका लागि चिप्स किन्नुपर्ने हुन्छ, तर, एलेक्सले लाखौं रुपैयाँ चिप्स नकिनेर नै क्यासिनोमा डिपोजिट गर्ने गरेको देखिन्छ’ सीआईबीका एक अधिकृत भन्छन्– ‘वाल्डोमार्फत अनधिकृत रुपमा रकम ट्रान्सफर भएको देखिन्छ ।’
केन्द्रीय अनुसन्धान ब्युरोले वाल्डोको एकाउन्ट हेर्ने अधिकारीसँग बयान लिएको छ । ती अधिकारी हङकङका हुन् । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण