शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ्गको साथमा पनि नेपाली नागरिकता

५ पुग्यो नागरिकता किन्नेको संख्या
शुक्रबार, १५ भदौ २०८०, २३ : ३०
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एकजना चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता फेला परेको छ । चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । त्यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।

एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको छ । तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पुष्टि भएको छ ।

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल नेतृत्वको छानबिन समितिले दावाको नागरिकता छानबिन गरेर रिपोर्ट बुझाएको छ । गृह मन्त्रालयले दावाको नागरिकता खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक लि–नेङकाई र डिङ सेग्फा छन् । चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ ।

तस्करीमा संलग्नहरुले फर्जि कागजात र फर्जि बुवा बनाएर नागरिकता खरिद गरेको छानबिनमा संलग्न अधिकारीहरु बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप