सुन तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ्गको साथमा पनि नेपाली नागरिकता
काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एकजना चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता फेला परेको छ । चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । त्यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।
एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको छ । तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पुष्टि भएको छ ।
गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल नेतृत्वको छानबिन समितिले दावाको नागरिकता छानबिन गरेर रिपोर्ट बुझाएको छ । गृह मन्त्रालयले दावाको नागरिकता खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।
काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक लि–नेङकाई र डिङ सेग्फा छन् । चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ ।
तस्करीमा संलग्नहरुले फर्जि कागजात र फर्जि बुवा बनाएर नागरिकता खरिद गरेको छानबिनमा संलग्न अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण