अलबिदा
नेम्वाङको निधनपछि प्रधानमन्त्री र एमाले अध्यक्ष शिक्षण अस्पताल पुगे
मङ्गलबार, २६ भदौ २०८०, ०४ : ५७

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।
हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई बालुवाटारस्थित निवासमै हृदयघात भएको थियो।